• १५ मंसिर २०८१, शनिबार

‘तिज विशेष उद्यमशील एक्स्पो’

blog

भरतपुर समाचारदाता

चितवन, भदौ २० गते । नेपाली महिलाको महान् चाडको अवसर पारेर चितवनको भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा ‘तिज विशेष उद्यमशील एक्स्पो २०८०’ गरिने भएको छ । चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग सङ्घ युवा उद्यमी मञ्च र महिला सृजनशील केन्द्रको संयुक्त आयोजनामा चितवनमै पहिलो पटक भदौ २२ देखि २४ सम्म एक्स्पो गर्न लागेको मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदीका अनुसार आसन्न हिन्दु महिलाको महान् पर्व तीजलाई उद्यमशीलतामा जोड्न एक्स्पोको अवधारणा ल्याइएको हो । 

पछिल्लो समयमा नेपालमा उद्यमशीलताको विकासक्रम तीव्र गतिमा बढ्दै गइरहेको भए तापनि महिलाको प्रत्यक्ष सहभागिता भने निकै नै कम छ । एक्स्पोले महिलालाई उद्यमशीलतामा टिकाइराख्न, उद्यमीका रूपमा अगाडि बढिरहेका महिलाको आँटमा हौसला मिल्ने अध्यक्ष सुवेदीको दाबी छ ।

आयोजकका अनुसार एक्स्पोमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुको प्रदर्शनी तथा प्रवर्धनसँगै तीज पर्वमा प्रयोग गरिने खाद्य र अन्य सामग्रीको बिव्रmी प्रवर्धनसहित पर्वको गरिमा झल्कने गरी विशेष सांस्कृतिक कार्यव्रmम आयोजना गरिने छ । 

‘उद्यमशीलतामा महिलाको सहभागिता, अवसर र चुनौती’ विषयमा उद्यमी महिलाको समूहगत तिज गीत प्रतियोगितासमेत आयोजना गरिनेछ । एक्स्पोमा हस्तकलाका सामान, तिज विशेष सामग्री, स्वदेशी लत्ताकपडा, जुत्ताचप्पल बुटिकका उत्पादन, गिफ्ट र गरगहना (ज्वेलरी), खाद्यान्नका परिकार, मेहदी, सौन्दर्य सामग्री र त्यसका सेवा, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्री, भोकेसनल तालिम केन्द्र तथा कलेज, बैङ्क तथा वित्तीय संस्था, बिमालगायतका स्टल रहने छन् । 

चितवनका पालिका, घरेलु तथा साना उद्योग कार्यालय चितवन, बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको समेत सहयोग रहने बताइएको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस एक्स्पोमा १० हजारभन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख रुपियाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।