• १३ मंसिर २०८१, बिहिबार

चट्याङ लागेर बालिकाको मृत्यु

blog

शेरबहादुर सार्की

बाजुरा, भदौ १७ गते । बाजुरामा चट्याङमा परी एक जना बालिकाको मृत्यु भएको छ । 

बडिमालिका नगरपालिका वडा नम्बर ६ कोर्धका  तुले रावलकी  १२ वर्षीया छोरी प्रमिला रावलको शनिवार राति चट्याङमा परी मृत्यु भएको हो । राती १२ बजे हावाहुरी र वर्षासँगै परेको चट्याङले प्रमिला रावलको मृत्यु भएको स्थानीय मन रावलले बताउनुभयो ।

उहाँका अनुसार चट्याङमा परी एक भैँसी,  एक पाडो र एक गोरु मरेका छन् ।