• २६ वैशाख २०८१, बुधबार

एमालेलाई बदनाम गराउने प्रयास भइरहेको छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ११ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यति, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिनुभएको छ । 

आफूमाथि आरोप लगाइएका सबै विषयमा सरकारले छानबिन गरे सरकारमा रहेकाहरु आफैँ जेल जाने अध्यक्ष ओलीले दावी गर्नुभयो । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “गिरीबन्धु टी स्टेटको जग्गा गैरकानूनी रुपमा बिक्रीगरी कमिसन खानेहरुले मलाई बदनाम गराउने कोशिस गरिरहेका छन् ।”

त्यसमा तत्काल छानबिन गर्न उहाँले सरकारसँग माग गर्नुभयो । एमाले नेतृत्वको तत्कालीन सरकारले सो स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गरेको तर त्यहाँ कुनै पनि अनियमित्ता नगरेको उहाँले बताउनुभयो । एमालेले कुनै पनि प्रकारको गलत काम नगरे पनि बिरोधीहरुले बदनाम गराउने नियतले त्यस्ता खालको आरोप लगाउनेगरेको उहाँको भनाइ छ ।

बाइडबडीबारे छानबिन गरे पनि सरकार र सत्तारुढ दलहरु आफैँ जेल जाने ओलीको भनाइ छ । उहाँले एमालेले देश बनाउने भिजन लिएको भन्दै सोही उद्देश्य पूरा हुनेगरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिनुभयो ।