• २५ वैशाख २०८१, मङ्गलबार

सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदैछ : मन्त्री साउद

blog

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद । फाइल तस्बिर

काठमाडौं, भदौ ११ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनः जीवन दिनेगरी छलफल हुन लागेको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सोमबार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जाँदा अनौपचारिक रूपमा परराष्ट्रमन्त्री स्तरको छलफल हुने र सो छलफलले सार्कलाई पुनः जीवन दिने दाबी गर्नुभयो । उहाँले सार्क राष्ट्रहरूले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय भइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । सार्कका बारेमा पनि नेपालका आफ्ना दायित्वहरू रही आएका छन् । सार्कको अहिलेको स्थितिका बारेमा विज्ञ नै हुनुहुन्छ । आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जानु हुँदैछ । नेपालको तर्फबाट अनौपचारिक रूपमा भएपनि परराष्ट्रमन्त्रीहरुको एउटा बैठक हामीले बोलाएका छौँ । त्यस बैठकले सार्कलाई पुन:जीवन दिनेछ, गतिशीलता दिनेछ । सार्क राष्ट्रहरूले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय गरेका छौँ । यसले पनि सार्क जीवित रहन्छ । यो अघि बढ्छ ।’’

मन्त्री साउदले कुनैपनि राजनीतिक दलले परराष्ट्र नीति फरक फरक गर्नु नहुने बताउनुभयो । सरकारको माध्यमबाट परराष्ट्र नीति बनेको खण्डमा मात्रै देश मजबुत हुने बताउनुभयो ।