• ६ जेठ २०८१, आइतबार

प्रधानन्यायाधीश श्रेष्ठद्वारा पदभार ग्रहण

blog

सर्वोच्च दालतमा पदभार ग्रहण गर्नुहुँदै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ। तस्बिरः कविन अधिकारी

काठमाडौं, भदौ ५ गते।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ  लिए लगत्तै राष्ट्रपति कार्यालयबाट सर्वोच्च अदालत पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो। 

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति  पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो। संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो।

२०१६ साल असोज २० मा डोटी जिल्लामा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा हाल काठमाडौंको कुलेश्वरमा बस्दै आउनुभएको छ। श्रेष्ठ वि.सं २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनुहुनेछ।