• २४ असार २०८२, मङ्गलबार

रास्वपा सभापति र राजदूत सोङबीच भेट

blog

भेटवार्ता गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ ।

काठमाडौं, साउन ३१ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति  रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

उहाँहरूबीच आज वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो। प्रतिनिधिसभा सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र केन्द्रीय सदस्य लिमा अधिकारीलगायतको वार्तामा सहभागिता रहेको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिनुभयो।

त्यसअवसरमा नेपाल र चीनबीच आपसी चासोका विषयमाथि छलफल भएको थियो। मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयमा  पनि उहाँहरूबीच छलफल भएको थियो। 

राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको र सोबारे  यथाशीघ्र समाधानका पहल गरिने बताउनुभयो।सभापति लामिछानेले आफ्नो दल पनि एक चीन नीतिप्रति अडिग रहेको अवगत गराउनुभएको थियो। रासस