गोलबजार (सिरहा),साउन २८ गते । सप्तरीमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेस प्रदेशका सरकारी अस्पताल रेफरल सेन्टरका रूपमा परिणत हुँदै जानु चिन्ताको विषय भएको बताउनुभएको छ ।
जिनिस हस्पिटल प्रालिको समुद्घाटन समारोहमा सरकारी अस्पतालको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उहाँले निजी स्तरबाट सञ्चालन भए पनि उपभोक्तालाई सरल सहज न्यून शुल्कमा उपचार गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा उपराष्ट्रपति यादवले सुरुङ्गा नगरपालिका–५ कुसाहामा निर्मित एक सय शय्याको अस्पतालको उद्घाटन भएको हो । महेन्द्र राजमार्गको किनारमा तेह्र कठ्ठा क्षेत्रफलमा रु तीस करोडको लगानीमा सुविधा सम्पन्न अस्पताल निमार्ण भएको हो ।
अस्पतालका सञ्चालक डा बिजेन्द्र यादवका अनुसार एक महिनासम्म सबै किसिमका ल्याब जाँचदेखि लिएर अस्पतालमा उपलब्ध सेवाहरू निःशुल्क नरहेको जानकारी दिनुभयो । उहाँले हस्पिटलमा जटिल रोगको पनि उपचार हुने बताउनुभयो । रासस