• ३० वैशाख २०८२, मङ्गलबार

जग्गाको पुर्जा माग गर्दै ज्ञापन

blog

नापी कार्यालयमा ज्ञापनपत्र बुझाइँदै । तस्विर : नारद कोहार

नारद कोहार

तौलिहवा, साउन २४ गते । कपिलवस्तुमा तौलिहवाको मुख्य बजारसहितका अन्य क्षेत्रका बाल बटोरी जग्गाको लालपुर्जा माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । 

जग्गाको स्वामित्वको जग्गाधनी लालपुर्जाविहीन भएकाले तौलिहवा उद्योग वाणिज्य सङ्घले नापी कार्यालय कपिलवस्तुलाई ज्ञापनपत्र बुझाएको हो । सङ्घका अध्यक्ष गयादिन कुर्मीका अनुसार बाल बिटोरी जग्गाको नापजाँच कार्य पूरा भए पनि लालपुर्जा वितरण कार्यमा ढिलासुस्ती भएको बताउनुभयो । 

तौलिहवा बजारक्षेत्र भित्रकै कतिपय क्षेत्रमा जग्गाधनीले वर्षौँदेखि उपभोग गरेको र खरिद गरेको जग्गाको समेत लालपुर्जा नहुँदा धेरै समस्या भएको उहाँले बताउनुभयो । 

ज्ञापनपत्र बुझाउन सङ्घका अध्यक्ष गयादिन कुर्मीको नेतृत्वमा कोषाध्यक्ष सन्दीप श्रीवास्तव, पूर्व अध्यक्ष अनिलकुमार कसौधन र समाजसेवी गुड्डु कसौधन लगायतको सहभागिता रहेको थियो ।