• ६ जेठ २०८१, आइतबार

बाढीले नेपाल-भारत सीमास्तम्भ बगायो

blog

बाढीले बगाएर लगेको ७४८-३ नम्बरको सीमास्तम्भ । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन २३ गते । कैलालीको मोहना नदीमा आएको बाढीले नेपाल–भारत सीमास्तम्भ बगाएको छ । बाढीले धनगढी उपमहानगरपालिका–९ स्थित भैंसीघाटमा रहेको एउटा सीमास्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । ७४८-३ नम्बरको सो सीमास्तम्भ पहिल्यैदेखि  कटानको जोखिममा थियो । 

कटानको जोखिममा परेको सीमास्तम्भ जोगाउनका लागि नेपाल, भारत दुवैतिर नाममात्राको तटबन्ध गरिएको थियो । अन्तर्राष्ट्रिय सीमास्तम्भ भए पनि कटानबाट जोगाउनका लागि बलियो तटबन्ध नबनाउँदा बाढीले बगाएको हो । 

कटानको जोखिममा परेको सीमास्तम्भको वरिपरि बोरामा बालुवा राखेरमात्रै सामान्य तटबन्ध गरिएको थियो । सीमास्तम्भको पूर्वी भागतिर नेपाल र पश्चिम भागतिर भारत पर्दछ।