गोरखापत्र अनलाइन
काठमाडौं, साउन २० गते । सन्त निरंकारी मण्डल नेपालले नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको सहकार्यमा आज निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । शिविरमा १२३ जना विरामीले आँखा परीक्षण गराउनुभएको छ ।
निरंकारी मण्डल नेपालका सचिव अनिल महर्जनका अनुसार डाक फाउण्डेशनको सहयोगमा सो स्वास्थ्य शिविर आयोजना गरिएको हो । स्वास्थ्य शिविरमा विरामीलाई निःशुल्क चस्मा र औषधि वितरण गरिएको सचिव महर्जनले बताउनुभयो ।