• १३ साउन २०८१, आइतबार

साताका सात तस्बिर

blog

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको चापाघाटको दृश्य । साथै मादी नदी र मादी नदीमाथि रहेको पक्की पुल । तस्बिर: कृष्ण न्यौपाने/रासस


काठमाडौँ महानगरपालिकाले राजधानीको सामाखुसी रानीबारी क्षेत्रमा नदीमाथि बनाइएको अनधिकृत संरचना हटाउँदै । साउन ७ गते काठमाडौँको सामाखुसी खोलामा आएको बाढीले १३ वर्षीय बालक विधान आलेमगरलाई बगाएको थियो । उनको शव हराएको ११ दिनमा दक्षिण कालीमा भेटिएको थियो । तस्बिर: सुजन गुरुङ 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा एक गोठमा रहेका चौँरी ।  एउटा चौँरी एक लाखदेखि एक लाख ३० हजारसम्ममा खरिद बिक्री हुने  किसान बताउँछन्  । तस्बिर: दिलकुमार लिम्बू/रासस


समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा रहेको तोक्पेगोला बस्ती । यस क्षेत्रमा ढोक्प्या जातिका करिब १७ घर परिवार छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनी सूचीकृत गरिएको छ । तस्बिर: दिलकुमार लिम्बू/रासस


लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरू बिहीबार माइतीघरबाट बानेश्वर जानेक्रममा बबरमहल क्षेत्रमा धर्ना दिँदै पीडित । तस्बिर : सागर बस्नेत


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुहुँदै । शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको हो। तस्बिरः विकास द्वारे


नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्बिरः प्रदीपराज वन्त