• २१ वैशाख २०८१, शुक्रबार

बिजुलीको पोल ढल्दा घरमा क्षति

blog

फाइल तस्विर ।

देवरामप्रसाद यादव

सप्तरी, साउन १८ गते । सप्तरीको सप्तकोशी नगरपालिका १, खोरियाटोलमा बिजुलीको पोल ढल्दा सर्वसाधारणको घरमा क्षति पुगेको छ । गत मङ्गलबार राति करिब ९ बजे पोल ढल्दा हरिबहादुर खड्काको घरमा क्षति पुगेको हो । 

एक वर्षअघि चट्याङ लागेर जीर्ण अवस्थामा रहेको पोल सामान्य हावा चल्दा ढलेको स्थानीय बताउँछन् । पीडित हरिबहादुरका अनुसार पोलमा चट्याङ लागेर जीर्ण अवस्थामा पुगेको र जुनसुकै बेला ढल्न सक्ने विषयमा विद्युत् कार्यालय र वडा कार्यालयमा समेत जानकारी गराइएको थियो । पटकपटक पोल फेरिदिन आग्रह गर्दा समेत बेवास्ता गरिएको उहाँको गुनासो छ ।

विद्युत् कार्यालयका कर्मचारी र वडा कार्यालयका जनप्रतिनिधिको बेवास्ताका कारण आफ्नो घरमाथि पोल ढलेको उहाँको गुनासो छ । घटना भवितव्य नभएर बेवास्ताका कारण भएकाले त्यसको क्षतिपूर्ति आफूले पाउनुपर्ने उहाँको माग छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कञ्चनपुरका प्रमुख अरुण साहले पुरानो पोल जीर्ण अवस्थामा रहेकोले ढलेको बताउँदै ढलेको ठाउँमा नयाँ पोल गाडेर विद्युत् सुचारु गरिएको जानकारी दिनुभयो ।