काठमाडौं, साउन १६ गते । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मत पारित भएको छ ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार मंगलबार बसेको बैठकले सो निर्णय निर्देशिका पारित गरेको हो ।
विभागको बैठकले पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका लागि केन्द्रीय कार्यालयसँग समन्वय गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यसैगरी, विभागका प्रमुख एवम् सदस्यबिच सूचना प्रविधिसम्बन्धी पुर्नताजगी कार्यक्रमका लागि मिति, समय र स्थान तोक्ने, विभागको सबै तहका समितिको फेसबुक एकाउण्ट खोल्न आग्रह गर्नुका साथै प्रेस युनियनसँग समन्वय गरी सञ्चारकर्मीको विवरण संकलन गर्ने निर्णय भएको उहाँको भनाइ छ ।