• ४ जेठ २०८२, आइतबार

सद्भावना र नागरिक उन्मुक्तिको एकताका लागि तीन बुँदे सहमति

blog

काठमाडौं, साउन १४ गते । नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताका लागि तीन बुँदे सहमति भएको छ । 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरी र सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी रहने विषयमा सहमति भएको जानकारी दिनुभयो।

दुई पक्षबीच सम्झौता भए पश्चात् महाधिवेशनसम्म झण्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै आएको हुने सहमति भएको हो । 

यसैगरी, केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यको समायोजन दुवै पार्टीबीच आन्तरिक सहमति अनुसार हुने जनाइएको छ ।