• १५ वैशाख २०८१, शनिबार

टिप्पर दुर्घटनामा दुई घाइते, एक गम्भीर

blog

पाँचथरको हिलिहाङ –७ भारपामा आइतवार पल्टिएको टिप्पर । तस्बिर : सङ्गम खनाल

राधा लुइँटेल

फिदिम, साउन १४ गते । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हिलिहाङ –७ मा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

जोरपोखरीदेखि फिदिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिप्पर आज बिहान ११ बजे दुर्घटना हुँदा चालक भोजपुर षडानन्द १३ का रिनछिरिङ तामाङ र सहचालक सङ्खुवासभा निमावि विक्रम विश्वकर्मा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइतेमध्ये सहचालक विश्वकर्माको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख कुलबहादुर बुडाथोकीले वताउनुभयो । ओरालो बाटोमा गुडिरहेको टिप्पर ब्रेक फेल भएर पल्टिएको प्रहरीको भनाइ छ । 

घाइते दुबैजनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ । पाँचथरमा साउन महिना यता ४ वटा दुर्घटना भइसकेको छ ।