• २० असोज २०८१, आइतबार

इलामको अन्तुमा सुतेकै अवस्थामा मृत फेला

blog

कोकिला ढकाल

इलाम, साउन १४ गते । इलामको सूर्योदय नगरपालिका ४ को एक होटेलमा हेटौँडा उपमहानगरपालिकाका सवारी चालक मृत फेला परेका छन् । 

प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ सुतेकै अवस्थामा बिहान साढे ५ बजे मृत फेला परेका हुन् । पशुपतिनगर प्रहरीले अन्तु घुम्न आएको उपमहानगरका कर्मचारीको टोलीमै रहेका चालक तामाङ राति ११ बजेतिर साथीहरूसँगै सुतेको र बिहान मृत भेटिएको जानकारी दिएको छ । तामाङको मृत्युबारे उनको परिवारलाई सूचना गरिसकेको प्रहरीले जनाएको छ ।