• २० असोज २०८१, आइतबार

चुलाचुलीमा कटान रोक्न बाँसको पाइलिङ

blog

इलामको चुलाचुली गाउँपालिका–२ मा कटान रोक्न बाँसको पाइलिङ निर्माण गरिँदै । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर (इलाम), साउन १३ गते ।
 इलामको चुलाचुली गाउँपालिका–२ मा कटान रोक्न बाँसको पाइलिङ गरिएको छ । चुलाचुली गाउँपालिका–२ बुडिझोला टोल छत्तरे गाउँमा बाँसको पाइलिङ गर्ने काम सम्पन्न भएको हो ।

बर्खामा आउने बाढी गाउँमा पस्न थालेपछि नदी नियन्त्रणका लागि बाँसको पाइलिङ गरिएको चुलाचुली गाउँपालिकाका वडाध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

वडाध्यक्ष श्रेष्ठको नेतृत्व र स्थानीय उपभोक्ताको सहयोगमा बाँस पाइलिङ तटबन्धन गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनुभयो ।

उहाँले तत्कालका लागि बाढीले पुर्‍याउने क्षति नियन्त्रण गर्न बाँसको पाइलिङ प्रभावकारी देखिएको बताउनुभयो । चुलाचुली २ मा बर्खाको समयमा स्थानीय खोलाले कटान गरी क्षति गर्दै आएको छ ।