• ३ जेठ २०८२, शनिबार

राजविराज नगरपालिकाले अतिक्रमित संरचना भत्काइयो

blog

देवरामप्रसाद यादव

सप्तरी, साउन  १३ गते । राजविराज नगरपालिकाले अतिक्रमण गरी बनाएको संरचना शुक्रबार बेलुकीदेखि नगरक्षेत्रमा त्यस्ता संरचना भत्काउन सुरु गरेको छ । नगरपालिकाले  सूचना जारी गरेर पनि खाली नगरिएको संरचना एक्स्काभेटर लगाएर भत्काउन सुरु गरिएको हो ।

शुक्रबार वडा नम्बर ७ स्थित हटिया क्षेत्रमा अतिक्रमण गरी बनाएका टहरा तथा अन्य संरचना भत्काउन थालिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडाध्यक्ष जयनारायण मण्डलले जानकारी दिनुभयो ।

कार्यवाहक नगरप्रमुख ईशरत प्रवीण,प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी नरेन्द्रकुमार कार्की लगायतको टोलीले हटिया क्षेत्र, सिरहा रोड, अदालत रोडको निरीक्षण गरी अवैध तरिकाले निर्माण गरी अतिक्रमण गरेको संरचना हटाउन तीन दिन पहिले आग्रह गरेका थिए । आग्रहका बाबजुद पनि नहटाएपछि शुक्रबार एक्स्काभेटर लगाएर भत्काउन थालिएको राजविराज नगरपालिकाले जनाएको छ  ।


कार्यवाहक नगरप्रमुख प्रवीणले यसअघि पनि तीन पटक सूचना जारी गरी अतिक्रमित स्थान खाली गर्न आग्रह गर्दा पनि अटेर गरेको र अन्तिम पटक खाली गर्ने समय दिँदा पनि खाली नगरिएका कारण बाध्य भई एक्स्काभेटर लगाउनु परेको बताउनुभयो । 

शुक्रबारै बिहान हटियावासीका तर्फबाट पत्रकार सम्मेलन गरी  हाटबजार संरक्षण सङ्घर्ष समितिका संयोजक सन्तोष साहले हटियामा सपिङ कम्प्लेक्स निर्माण गर्न भनी नगरपालिकाले वर्षौँअघि सुरु गरेको निर्माण कार्य अहिलेसम्म अधुरो राखेका कारण पहिला त्यसलाई पूरा गरेर मात्र अतिक्रमण हटाउनु पर्ने बताउनुभएको थियो । 

सपिङ कम्प्लेक्सको काम अधुरो राखिनुले पूरै हटिया क्षेत्र अस्तव्यस्त बन्न पुगेको अवस्थामा आफूहरूलाई दुःख दिने नियतले नगरपालिकाले यस्तो काम अघि सारेको उहाँको आरोप छ ।

सरोकारवालासित कुनै समन्वय नै नगरी एक्कासि ४८ घण्टे सूचना जारी गरी नगरपालिका एकपक्षीय रूपमा अघि बढ्न थालेको पनि उहाँको गुनासो छ । तर पनि नगरपालिकाले शुक्रबारै दिउँसोदेखि अतिक्रमण गरी बनाएको संरचना भत्काएको हो ।


कार्यवाहक नगरप्रमुख परविन ३ वटा स्काभेटरसहित कडा सुरक्षाबचि हटिया क्षेत्रको अतिक्रमित हटाउन पुग्नुभएको थियो । हटिया क्षेत्रमा रहेको ८७ बटा अवैध संरचना भत्काइएको उहाँले जानकारी दिइन । नगरपालिकाको जग्गा अतिक्रमण गरी बनाएको अवैध संरचना हटाउने अभियान जारी रहने कार्यवाहक नगरप्रमुख परविनले बताइन् ।

यता सङ्घर्ष समितिका संयोजक साहका अनुसार आफूहरूलाई प्रजिअ थापाले वार्तामा अल्झाएर संरचना भत्काइएको आरो लगाउनुभयो । प्रजिअ थापाले आफूले वार्ताको लागी आएकाहरुसग वार्ता सम्पन्न भए पछि वार्तामा सहभागी सहित अतिक्रमित स्थलमा आएको बताउनुभयो ।