काठमाडौं, साउन ९ गते । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताउनुभएको छ ।
मंगलबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उहाँले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताउनुभएको हो । उहाँले सभापतिले इशारा गरे अनुरूप बोल्ने गरिएको बताउनुभयो । उहाँले पार्टी केन्द्रीय कार्यसमिति भारदारी सभा नभएको भन्दै चेतावनी पनि दिनुभयो ।
उहाँले कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताउनुभयो । आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाणलाई दुःख नपरेको उल्लेख गर्नुभयो । दोषी भएमा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।