• १० कात्तिक २०८१, शनिबार

खोलाले बगाउँदा एक जना युवक बेपत्ता

blog

बाउली खोलाले बगाएको से २ त ३२२५ नम्बरको ट्याक्टर । तस्बिर : गोरखापत्र

शेरबहादुर सार्की

बाजुरा, साउन ८ गते । बाजुरामा खोलाले बगाउँदा एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली ६ जोशीपुरका ३२ वर्षीया डुवनारायण चौधरी रहेका छन् ।

चौधरीले कोल्टी देखि मार्तडीका लागि से २ त ३२२५ नम्बरको ट्याक्टर चलाएर ल्याएको बेला गत आइतबार बाउलीमा आएको बाढीले बगाएपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

बाजुराको बडिमालिका नगरपालिका ९ अनाइ बाउली खोलामा एकासी आएको बाढीले ट्याक्टर बगाएपछि चालक चौधरी पनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी रवीन्द्र कठायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गत आइतबार राती बेपत्ता भएका चौधरी अहिले सम्म फेला परेका छैन । उहाँले चलाएको ट्याक्टर भने झण्डै २० मिटर तल ढुगांमा अड्किएको अवस्थामा फेला परेको छ ।’’