• १५ चैत २०८०, बिहिबार

राष्ट्रिय सेवा दलको तालिमका लागि विद्यार्थी छनाेट

blog

सेवा दलका तालिमका लागि छनाेट भएका विद्यार्थी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, साउन २ गते । नेपाली सेनाको राष्ट्रिय सेवा दलको तालिमका लागि जिल्लास्थित मानसरोवर माध्यमिक विद्यालयका विद्यार्थी छनोट भएका छन् । विद्यार्थीलाई अनुशासन र राष्ट्रियताको भावना जागृत गराउनका लागि तालिम प्रदान गर्न सेवा दलको तालिमका लागि विद्यार्थी छनोट हुनुभएको हो । 

बराह दल गुल्मका रानीवन ब्यारेकका गुल्मपति दिनेश खड्काले राष्ट्रिय सेवा दलको तालिमका लागि ३६ जना छात्रछात्रा छनोट भएर तालिममा सुरु भएको जानकारी दिनुभयो । 

यसका लागि मानसरोवर माविका अठार जना छात्रा र अठार जना छात्र छनोट हुनुभएको छ । उहाँले छनौट भएका विद्यार्थीलाई सेवा दलको तालिमसमेत सुरु भएको बताउनुभयो । यसका लागि सो विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थी  छनोट भएका हुन् । 

यो तालिम जम्मा एक सय दिनको लिने र त्यसमा ७९ दिन जिल्लामै र २१ दिन बाँके जिल्लाको कोहलपुरमा हुनेछ।