अर्जुन काफ्ले
स्याङ्जा, साउन १ गते । भिरकोट नगरपालिका ७ चिउरी खर्कमा आफ्नै बुबाले छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।
स्थानीय ४० वर्षीय बुबा यमबहादुर गुरुङले घरायसी विवादमा १७ वर्षीया छोरी जुना गुरुङमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट घाइते भएकी जुनाको भिरकोट नगर अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको र अस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा बुबा यमबहादुर गुरुङलाई पक्राउ गरेको थापाले बताउनुभयो ।