• १३ वैशाख २०८१, बिहिबार

कांग्रेस सबैको पार्टी होः सभापति देउवा

blog

तमू (गुरुङ) संघ नेपालले शनिबार काठमाडौंमा गरेको बागमती प्रदेश भेलालाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिरः किरण राज विष्ट/रासस

काठमाडौं, असार ३० गते। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताउनुभएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताउनुभयो। 

उहाँले सबै आदिवासी जनजाति सहभागिता, समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिबद्ध हुनु जरुरी रहेको बताउनुभयो। उहाँले नेपाली कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘यो देश सबैको देश हो, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो। विशेष गरेर नेपालको राजनीतिमा सबैको भूमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ। साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरुको पनि समावेशी हुनु आवश्यक छ। त्यसैले अहिले काठमाडौंमा भेला हुनुभएको छ, धन्यवाद छ। हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो। हाम्रो पार्टीमा बढी भन्दा बढी आदिवासी जनजातिले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रुपले जनता नै आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिवद्ध हुनुपर्छ। सबै जनताको सहभागिता आवश्यक छ।’’

सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताउनुभयो।