• २० असोज २०८१, आइतबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु एक घाइते

blog

कोकिला भण्डारी 

धनकुटा, असार  २९ गते । मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते हुनुभएको छ ।

धनकुटा नगरपालिका–९ छिम्सुवामा को ६ प २१४९ नम्बरको मोटरसाइकल राती करिब ८ः४० बजे मुलघाट–त्रिवेणी सडक खण्डमा दुर्घटना हुदा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सहिद भूमि गाउँपालिका–१ छिन्ताङका करिब ६० वर्षीय गोपाल भनिने नरबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । राईको उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । 

उक्त मोटरसाइकल पल्टिँदा चालक भने गम्भीर घाइते हुनु भएको छ । मोटरसाइकल चालक छिन्ताङकै पूर्णबहादुर कटुवाल गम्भीर घाइते हुनुहुन्छ । उहाँको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सहिद भूमि गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार मुलघाटबाट छिन्ताङस्थित घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना भएको हो ।