• २३ वैशाख २०८१, आइतबार

पाँचथरमा दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

पैदल यात्रीलाई ठक्कर दिने लोबेट ।

राधा लुइँटेल

फिदिम, असार २७ गते । मेची राजमाग अन्तर्गत फिदिम इलाम सडक खण्डमा सवारी साधन (लोबेट)को ठक्कर बाट एक जनाको निधन भएको छ। पाँचथर जिल्ला फिदिम न.पा–३ लालिखर्क स्वास्थ चौकीस्थित फिदिमबाट राँकेतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख.४८०७ नम्बरको  खाली लोबेट गाडीले ठक्कर दिँदा अन्दाजी  ३५ वर्षका यात्रुको ज्यान गएको हो । 

बुधबार दिउँसो साढे एक बजे लोबेटले ठक्कर दिँदा उहाको घट्नास्थलमै ज्यान गएको हो मृतकको पहिचान हुन नसकेको पाँचथरका  प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिनुभयो। लोबेटका चालक र सहचालक तत्काल  फरार रहेकाले खोजीकार्य भइरहेको  कुँवरको भनाइ रहेको छ । मृतकलाइ पाँचथर अस्पतालको शवगृहमा राखिएको साथै  घट्नाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।