• १२ मंसिर २०८१, बुधबार

वीरेन्द्र जैसीले तोड्नुभयो अनशन

blog

वीरेन्द्र जैसीको अनशन तोडाउनुहुँदै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौं, असार २५ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि सख्त घाइते हुनुभएका र उपचार तथा क्षतिपूर्तिका लागि तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीको अनशन तोडाउनुभएको छ। 

बन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो । तर उहाँको उपचारमा कुनै सहयोग भएको थिएन ।

माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उहाँलाई वीर अस्पतालमा भर्ना गराएका थिए । उहाँको वीरेन्द्र प्रहरी अस्पतालमा थप उपचार हुनेछ । 

अनशन तोडाउदै उपप्रधानमन्त्री श्रेष्ठले उहाँको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिनुभएको छ।