• ११ असोज २०८१, शुक्रबार

प्राज्ञिक विद्यार्थी परिषद्ले शैक्षिक सामग्री वितरण गर्ने

blog

काठमाडौँ, असार २४ गते । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दुई हजार ५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । परिषद् विभिन्न १५ वटा जिल्लाका विद्यालयस्तर विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण गर्ने भएको हो । 

परिषद्ले उक्त जिल्लाका विद्यार्थीहरूलाई झोला, कपी कलम, पुस्तक जोमेष्ट्रिक बक्स, नेपाली वृहत् शब्द कोष टोपी लगायतका सामग्री वितरण गर्न लागिएको जनाइएको छ । उक्त शैक्षिक सामग्री भारतीय जनता र भारत सरकारको सहयोगमा उपलब्ध गराएको परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

परिषद्ले यस अगाडीदेखि नै जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व विकासका तालिम, छात्रवासका लागि मिसन साहसी कार्यक्रम निःशुल्क कम्प्युटर तालिम, बाल संस्कार कार्यक्रम सरसफाइ अभियान लगायतका रचनात्मक कार्यको माध्यमबाट व्यक्तिको सर्वागिण विकासको कार्यमा सहभागी हुँदै आएको छ । 

उक्त संस्था नेपालको एक मात्र सामाजिक स्वतन्त्र विद्यार्थी सङ्गठनको रूपमा रहँदै आएको छ । परिषद् ७७ वटै जिल्लामा सक्रिय रहँदै आएको छ ।