• २० असोज २०८१, आइतबार

धनकुटामा लापसे चेक जाँच सुरु

blog

लापसे चेक जाँच गर्दै ट्राफिक प्रहरी ।

कबिराज घिमिरे 

हिले, असार २४ गते । जिल्ला ट्राफिक कार्यालय धनकुटाले आजबाट लापसे सेवन चेक जाँच सुरु गरेको छ । ट्राफिक सप्ताह कार्यक्रमको अवसर पारेर लागु पदार्थ सेवन चेक जाँच गर्न सुरु गरिएको हो । 

लापसे अन्तर्गत सवारी चालकहरूले लागूपदार्थ सेवन गरेको नगरेको चेक जाँच गरिन्छ । लापसे चेक गर्ने किडको सहयोगले पिसाबमार्फत यो चेकजाँच गरिन्छ । चालकले ड्रग, हिरोइन ब्राउन सुगर गाँजा आदी सेवन गरेको खण्डमा पिसाब र किडको माध्यमबाट थाहा हुनेछ । लागूपदार्थ सेवन गरेको देखिएमा लागूपदार्थ ओसारपसार तथा सेवन ऐन अन्तर्गत कारबाही गर्न सिफारिस गरिने धनकुटामा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको अवसर पारेर कार्यक्रमको सुरुवात गरिएको जनाइएको छ । अब नियमित रूपमा प्रत्येक शुक्रबार र आवश्यक पर्नेको खण्डमा जुनसुकै बेला लापसे चेक गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

कडाइका साथ लापासे चेक गर्ने हो भने दुर्घटनामा केही हदसम्म भएपनि कमी आउने बताइएको छ । पूर्वी पहाडबाट धनकुटा हुँदै लामो र छोटो दूरीका लगभग ५ सय सवारी साधन दैनिक आवतजावत गर्ने गरेको छ ।