• २० असोज २०८१, आइतबार

कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ

blog

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गबाट प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आइतबार पद तथा गोपनीयताको शपथ लिँदै नवनियुक्त मन्त्रीहरु जीवन आचार्य,राजेन्द कार्की र रामकुमार खत्री । तस्बिरः मनोज दाहाल

मोरङ, असार  २४  गते । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्रीहरु जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई शपथ गराउनुभएको हो । मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कार्की र खत्रीको जिम्मेवारी भने पछि तोकिनेछ । यसअघि गत शुक्रबार मन्त्री बन्नुभएका कमलप्रसाद जबेगु र प्रदीपकुमारको जिम्मेवारी पनि पछि तोकिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । रासस