• १२ असार २०८१, बुधबार

मिटरब्याजीमा ठुला नेता पनि संलग्न छन् : प्रमुख सचेतक गिरी

blog

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार १७ गते । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता र प्रहरीका उच्च अधिकारीहरूको पनि संलग्नता रहेको बताउनुभएको छ । 

आइतबारको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को  छलफलमा भाग लिँदै उहाँले मिटरब्याजीको संरक्षक नै दलका ठुला नेताहरू रहेको बताउनुभयो । उहाँले सो प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्चपदस्थ कर्मचारीहरू समेत संलग्न रहेका दाबी गर्नुभयो । मिटरब्याजविरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उहाँको सुझाव छ ।  

उहाँले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभई झुक्काउनका लागि ल्याइएको उहाँले टिप्पणी गर्नुभयो ।