• १२ साउन २०८१, शनिबार

मन्त्रिपरिषद् बैठकका १३ निर्णय

यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

blog

असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्मा । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार १५ गते । सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।

असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन) नियमावली, २०८० स्वीमृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले सार्वजनिक सडकसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्त बनेको विधेयकको अवधारणापत्र अनुसार कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

सञ्चारमन्त्री शर्माले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्ति गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । यससँगै बैठकले १३ वटा विभिन्न निर्णय गरेको छ ।