• १४ मंसिर २०८१, शुक्रबार

तानसेन नगरपालिकाको प्राथमिकतामा पर्यटन

blog

तानसेन नगरपालिकाको १३ औं नगरसभामा सहभागी नेतृत्वहरु । तस्बिर : विन्दु थापा

बिन्दु थापा 

तानसेन, असार ९ गते । तानसेन नगरपालिकाले केही नयाँ योजनासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तानसेन नगरपालिकाको १३ औं नगरसभामा नगर उपप्रमुख प्रतिक्षा सिंजालीले पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

सुव्यवस्थित पुर्वाधार पहिचानमुलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय समावेशी सांस्कृतिक नगर नारालाई अघि सार्दै आगामी आर्थिक बर्ष २०८०–८१ का लागि नीति योजना ल्याएको बताउनुभयो । नगरपालिकाले तानसेनका ऐतिहासिक तथा धार्मिक र पर्यटकीय हिसाबले निकै सम्भावना बोकेका कारण पर्यटनलाई बिशेष प्राथमिकतामा पारेको बताउनुभयो । 

नगर सरकारले नगरबासीले खानेपानीका कारण भोग्नुपरेको समस्यालाई अब छिटो समाधान गर्ने योजना ल्याएको छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाभित्रकोे मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, हरेक टोल सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने योजना ल्याइएको बताउनुभयो ।

तानसेन नगरसभा सदस्य गीता भट्टराई, अम्मर राना, माधव वस्याल, हरिबहादुर थापा, बिमला पौडेल, रेखा बिष्ट, गोमा गैरेलगायतले तानसेन नगरपालिका स्थानीय सरकार भएकाले सात बर्षसम्म अधिवेशन नगरेर वेवारीसे रहेको खानेपानी उपभोक्ता समितिलाई खारेज गरेर नगरपालिकाले स्वामित्व लिने बताउनुभयो ।

 नगरसभा सदस्य कर्णबहादुर रेश्मीले अस्थायी प्रहरी पोष्ट र सडक मर्मत सम्भार गरीदिन सुझाव दिनुभयो । नगरसभा सदस्य राधिका थापाले वडा १४ कृषिमा उर्वर भूमि भएको क्षेत्र भएकाले यहाँका किसानलाई प्रोत्साहन गर्दै आवश्यक कृषि साम्रगी उपलब्ध गराउन आग्रह गर्नुभयो ।