• ६ जेठ २०८१, आइतबार

हरेक पहाडका टाकुरालाई पर्यटनस्थल बनाऔँ : वामदेव गौतम

blog

राष्ट्रिय सभा सदस्य वामदेव गौतम । फाइल तस्बिर

काठमाडौं, असार ७ गते। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटनस्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताउनुभएको छ। 

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपालमा रहेका १० हजार भन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रूपमा विकास गर्नुपर्ने बताउनुभएको हो। उहाँले नेपाललाई भूगर्भ र सतहअनुसार विकास गर्न नसक्दा दिगो विकास हुन नसकेको बताउनुभयो।

उहाँले नेपालको जमिन हल्लिरहेको भन्दै कुनै पनि बेला विपद्जन्य घटना हुनसक्नेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले नेपालको नेतृत्वमा भौगोलिकताअनुसार विकास गर्ने सोच नभएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘हामीले हाम्रो देशको भूगर्भित, सतहको आधारमा विकास गरेनौँ। दिगो विकास गरेनौँ। त्यसकै परिणाम आज हामी भोग्दैछौँ। हिमालमा त्यही किसिमको व्यवस्थापन गरौँ। हरेक पहाडको टाकुरामा एउटा पर्यटनस्थल बनाउनुपर्छ। त्यस्ता टाकुरा १० हजार भन्दा धेरै छन्। त्यहाँ पर्यटनस्थल बनाइदियो भने पर्यटन कहाँ राखौँ भन्ने अवस्था आउँछ र तर हामीले त्यो गर्न सकेनौँ। अरूको देखेर जहाँ पनि डोजर चलाएका छौँ। त्यसको नियन्त्रण गरौँ र दिगो विकास त्यहाँ लागू गरौँ।’

गौतमले पहाडमा जबरजस्ती चलाइएको डोजर आतङ्क रोकेर दिगो विकास लागू गर्नुपर्ने बताउनुभयो।