• ७ वैशाख २०८१, शुक्रबार

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

blog

नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङ ।

काठमाडौं, जेठ २५ गते । नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवादको यात्रा तय गर्नबाट चुकेको टिप्पणी गर्नुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग दलीय आधारमा भाग लिनुहुँदै सांसद गुरुङले बजेट कर्मचारी र स्रोतसाधन सिंहदरबारमा नै थन्किने गरी आएको भन्दै यसले वित्तीय सङ्घीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको बताउनुभयो ।

कर प्रणालीमा प्रभावकारी सुधार नभएको भन्दै यसरी राष्ट्रिय पुँजीको विकास हुन नसक्ने उहाँको जिकिर थियो । मुलुकको लैङ्गिक, वर्गीय, जातीयलगायत विभेद अन्त्य गर्न बजेटले आवश्यक विषय समेट्न नसकेको दाबी गर्दै पुँजीगत खर्च बढाउन नारा लेखेर मात्र नहुने र यसका लागि सार्वजनिक खरिद ऐन संशोधनको सांसद सुब्बाले सुझाव दिनुभयो ।