• १६ चैत २०८०, शुक्रबार

चार साहित्यकार सम्मानित

blog

बालनरसिंह–सुवर्णकुमारी अधिकारी स्मृति साहित्य पुरस्कार २०८० बाट पुतलीबजार नगरपालिका १ की डा. रजनी ढकाल सम्मानित ।

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ २१ गते । “बाल नरसिंह–सुवर्णकुमारी अधिकारी स्मृति साहित्य पुरस्कार अर्पण तथा रचना कार्यक्रममा स्याङ्जाका चार साहित्यकार सम्मानित हुनुभएको छ। स्याङ्जा जिल्लामा जन्मेर साहित्य क्षेत्रमा कलम चलाउनेलाई पुरस्कार प्रदान गर्ने गरी आफ्ना माता पिताको स्मृति छोरा स्व तोरण ध्वज अधिकारीले २०५२ सालमा स्थापना गर्नु  भएको हो । 

बासूँ गुठीद्वारा प्रदान गरिएको पुरस्कार २०८० बाट पुतलीबजार नगरपालिका १ की डा. रजनी ढकाललाई सम्मानित हुनुभएको छ । यस्तै,  पुतलीबजार–१४, लामागेका चिन्तु गिरी (साहित्य पुरस्कार–२०७९), अर्जुनचौपारी–५, तालपोखरीका डा. कृष्णप्रसाद सापकोटा (साहित्य पुरस्कार–२०७८) र आँधीखोला–२, उखुबारीका डा. एकनारायण पौडेल(साहित्य पुरस्कार–२०७६) लाई सम्मानित गरिएको हो । 

चारै जनालाई वरिष्ठ साहित्यकार, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राज्ञ सरूभक्तले दोसल्ला ओडाएर सम्मानपत्र र नगद १५ हजार पाँच रुपियाँले पुरस्कृत गर्नुभएको हो । 

कार्यक्रममा साहित्यकार मिलन समीर, लोकहरी पाण्डे क्षितिज, शम्भु अर्याल, पराजित रेशम गोतामे, अव्यग्र अस्मित, अग्निकुमार पल्लव, कमला अधिकारी सिग्देल, वसन्त खनाल, लक्ष्मी काफ्ले लगायतका डेढ दर्जनले रजना वाचन गर्नुभएको गुठीका सचिव रबिन केसीले बताउनुभयो । 

कार्यक्रममा प्राज्ञ सरूभक्तले साहित्य हिँड्दाहिँड्दै, खादाँखादै र सुत्दासुत्दै जति बेला नै आउने बताउनुभयो । स्याङ्जामा बसाई सराई नागरिकको सङ्ख्या घट्दै गएपनि साहित्यको स्थान भने राम्रो रहेको बताउँदै उहाँले पुरानासँगै नयाँमा साहित्यमा हात चलाउन थालेको बताउनुभयो । 

पुरस्कारको महत्त्व महत्त्वपूर्ण हुने बताउँदै सरुभक्तले जिल्लाका साहित्यकारको लागि दिन बनाइएको पुरस्कारको छुट्टै महत्त्व रहेको बताउनुभयो । कोभिडका कारण पुरस्कार रोकिएका कारण एकै पटक चार जनालाई प्रदान गरिएको हो । 

हाल सम्म १७ जनाले यो पुरस्कार पाइसकेको र विगतमा दुई दुई वर्षमा साहित्य क्षेत्रमा योगदान गरेका साहित्यकारलाई पुरस्कार प्रदान गर्ने गरिएकोमा २०७८ बाट एक एक वर्षमा दिन थालिएको हो ।