• ८ पुस २०८१, सोमबार

राष्ट्रिय सभाद्वारा पूर्व सांसद पाण्डेको शोक प्रस्ताव पारित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २१ गते । राष्ट्रिय सभा बैठकले पूर्व सांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । 

त्यसैगरी बैठकमा उहाँको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरेको थियो । महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री समेत रहनुभएका स्वर्गीय पाण्डे नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य रहनुभएको थियो । २०६४ को संविधान सभा सदस्य पनि हुनुहुन्थ्यो । राष्ट्रिय सभाको अर्को बैठक जेठ २२ गते सोमवार अपराह्न १ बजेर १ मिनेटमा बस्ने सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई जानकारी गराउनुभयो ।