• १४ वैशाख २०८१, शुक्रबार

नागरिकता विधेयक संसद् बैठकमा ल्याइयोस् : प्रमुख सचेतक गिरी

blog

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २१ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक फिर्ता गरी संसद् बैठकको प्रक्रियाबाट अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा आज पार्टीको तर्फबाट धारणा राख्नुहुँदै प्रमुख सचेतक गिरीले सो कुरा बताउनुभएको हो । 

प्रतिनिधि सभा बैठकमा आइतबार प्रमुख सचेतक गिरीले असंवैधानिक ढङ्गले राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गर्नुभएकाले त्यसलाई फिर्ता गर्नुपर्ने उहाँले माग गर्नुभयो । विधेयक संसदमा दर्ता गरेर एक हप्ताभित्र त्यसलाई टुङ्गो लगाउन सकिने उहाँले बताउनुभयो । प्रमुख सचेतक गिरीले भन्नुभयो, ‘निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिज्यूले यसरी प्रमाणीकरण गर्नु गलत छ, यसलाई संसद् बैठकमा ल्याउनुपर्छ ।” यसअघि २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रले लालमोहर नलगाएको नागरिकता विधेयक राष्ट्रपतिज्यूले प्रमाणीकरण गरिदिनुभयो भने के होला ? उहाँले जिज्ञासा गर्नुभयो । 

प्रमुख सचेतक गिरीले नागरिकता विधेयकलाई संसदबाट एक हप्ता भित्र छलफल गरी पारित गरेर नागरिकताविहीन नेपालीलाई नागरिकता दिन आफ्नो पार्टी लागिपर्ने उहाँले बताउनुभयो । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।