• १३ वैशाख २०८१, बिहिबार

पुर्ख्यौली पेशाबाट राम्रो कमाई

blog

पुख्र्यौली पेशामा रमाउँदै लहानका शत्रुधन साफी लुगामा इस्त्री लगाउँदै । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, जेठ १९ गते । धोबी समुदायहरुले आफ्नो पुर्ख्यौली  पेशाबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । विदेशभन्दा बढी कमाई गरेर लहान –३ का शत्रुधन साफी लुगा धोई ईस्त्री (लोहा) लगाएर महिनाको ५० हजारभन्दा बढी कमाइ भइरहेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “विहादेखि बेलुकासम्म लुगा धुन र इस्त्री लगाउन व्यस्त रहन्छु । कुनै दिन तीन हजारसम्म कमाई हुन्छ भने एक हजार रुपियाँभन्दा कम कमाई नहुने उहाँको भनाइ छ । तीन रुपियाँमा शर्ट पैन्ट धोई इस्त्री लगाउन सुरु गरेको उहाँले स्मरण गराउँदै भन्नुभयो, ‘अहिले त्यही शर्ट पैन्टको एक सय रुपियाँ लिइरहेको छु । यो पेशा हातकै कलामा भर पर्छ खासै पुँजी लाग्दैन । श्रम गरेअनुसार कमाई हुन्छ ।’

१८ वर्षको उमेरदेखि पुर्ख्यौली पेशा गरेर लहानमा महँगो जग्गा दुई कठ्ठा १५ धुर खरिद गरेर दुई तल्लासम्म घर निर्माण गरेको शत्रुधनले भन्दै शहरी क्षेत्रका धोबी समुदायका युवाहरु आफ्नो पुर्ख्यौली  पेशाबाट नै विदेशभन्दा बढी कमाइ गर्न भ्याइरहेकाले विदेशभन्दा स्वदेशमै आफ्नो कमाइबाट खुसी देखिएका छन् । 

युवापुस्ताहरु लुगा धुन र इस्त्री लगाउन नचाहनेहरु विदेश जान्छन् । विदेशको कमाईभन्दा लुगाामा स्त्री लगाएर बढी हुन्छ भन्नुहुँदै उहाँले भन्नुभयो, “धोवी समुदायको पुर्ख्यौली  पेशाको संरक्षणका लागि स्थानीय सरकारले सीप सिकाउन कुनै तालिम दिए हुन्थ्यो ।”  लुगा धुने धोबी, काठको काम गर्ने बढही, कपाल बनाउने हजामलगायका अल्पसंख्यक जातीहरु शहरी क्षेत्रमा आफ्नै पुर्ख्यौली  पेशा गरेर राम्रो आम्दानी गरिरहेका छन् ।