• ४ वैशाख २०८१, मङ्गलबार

अत्यधिक गर्मीले रौतहटका विद्यालय एक साता बन्द

blog

यादवराज पुुरी
रौतहट, जेठ १९ गते ।
अत्यधिक गर्मी बढेपछि पठनपाठनमा प्रतिकुल असर परेको भन्दै रौतहटका सबै पालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले एक सूचना प्रकाशित गरी जिल्लाको १८ वटै स्थानीय तहका विद्यालय बिदा दिन अनुरोध गरेपछि शुक्रबारबाट पठनपाठन बन्द भएको छ । 

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिका मुर्छित हुने, टिनका तथा जस्तापाताका छाना मुनी पढ्न बाध्य बालबालिकाले गर्मी खप्न नसक्ने जस्तो स्वास्थ्यमा प्रतिकुल असर परेपछि विद्यालय बन्द गर्न सिफारिस साथ अनुरोध गरेको शिक्षा समन्वय इकाइ प्रमुख रामविनय सिंहले बताउनुभयो । उहाँकाअनुसार वर्षे बिदाबाट कट्टा हुने गरी एक साताका लागि विद्यालय बिदा मिलान गरिएको छ । 

यता चन्द्रपुर नगरपालिकाले गर्मीका कारण देखाई पालिका भित्रका सम्पूर्ण विद्यालय जेठ २४ गतेसम्म बन्द रहने सूचना प्रकाशित गरेको पालिका प्रमुख सञ्जय काफ्लेले जानकारी दिनुभयो । एक सातादेखि बढेको गर्मी तथा तातो हावाले रौतहटको जनजीवन प्रभावित बनेको छ ।