• ७ पुस २०८१, आइतबार

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित

blog

नीति तथा कार्यक्रम पारित गर्दै प्रतिनिधि सभा सदस्य । तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, जेठ १३ गते । नेपाल सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते संघीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रमलाई आज बसेको संसद्को बैठकले पारित गरेको हो । 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०-८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको बताउनुभयो । 

यसअघि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुभएको थियो । प्रतिनिधि सभाको अर्को बैठक जेठ १४ गते दिनको १ बजे बस्ने छ ।