काठमाडौं, जेठ १३ गते । नेपाल गल्फ संघको अध्यक्षमा पुनः टासी घले निर्वाचित हुनुभएको छ । संघको शनिबार सम्पन्न छैटौं चुनावी साधारण सभाले तासीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
तासी अघिल्लो कार्यकालमा पनि संघको अध्यक्ष हुनुहुन्थ्यो । १३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा तिलक राई, पभित्र कुमार कार्की र फुर्साङ लामा निर्वाचित हुनुभएको छ ।
यस्तै चुडाबहादुर भण्डारी महासचिव र कृष्ण कुमार अग्रवाल कोषाध्यक्ष निर्वाचित हुनुभएको छ । सदस्यहरुमा दीपक आचार्य, दीपक थापामगर, विरेन्द्र बिक्रम लिम्बु, प्रविन याक्थुम्बा, भुबहादुर गुरुङ, अर्षिया बानु र श्रीराम भण्डारी निर्वाचित हुनुभएको छ ।
संघको साधारण सभाको अवसरमा संघले उदयीमान युवा गल्फ खेलाडीद्वय सुवास तामाङ र सद्भाव आचार्यलाई जनही २५ हजार रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ ।