• १३ वैशाख २०८१, बिहिबार

बागमती प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउँदै

blog

गणतन्त्र दिवस मनाउन छलफल गर्न बसेको बैठकमा मुख्यमन्त्रीलगायतका मन्त्री । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, जेठ १० गते । 
बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाउने भएको छ । प्रदेश स्तरमा गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।

समितिको यहाँ बसेको बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र गणतन्त्रको उपलब्धिलाई जनता समक्ष पुर्‍याउन विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी सुरेन्द्र कार्कीका अनुसार यही जेठ १४, १५ र १६ गतेसम्म तीन दिनसम्म रक्तदान, सरसफाइ, दीपावली, राष्ट्रिय झण्डा फहराउनेलगायतका कार्यक्रम गरिनेछ । साथै गणतन्त्रको १५ वर्ष : अवसर र चुनौती शीर्षकमा लेखन प्रतियोगिता र सञ्चार माध्यममार्फत अन्तरक्रिया कार्यक्रम गर्ने समितिले निर्णय गरेको छ ।

दिवसको अवसरमा जेठ १५ गते बिहान हेटौँडामा प्रभातफेरीसँगै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय परिसरमा कार्यक्रम गरिने भएको छ ।