• १४ वैशाख २०८१, शुक्रबार

तीन स्रष्टा सम्मानित

blog

काठमाडौं, जेठ ६ गते। गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानले काठमाडौंमा शनिबार तीन स्रष्टालाई सम्मान गरेको छ।

आफ्नो जीवन सङ्गीत क्षेत्रमा समर्पित गर्दै आउनुभएको नेपाल भाषाका जनगायक भृगुराम श्रेष्ठलाई गणेशदेवी मानन्धर सङ्गीत सम्मान, गणेशदेवी मानन्धर नेपालभाषा पत्रकारिता पुरस्कार सिने पत्रकार विजयरत्न अशंबरे र नवप्रतिभा गायककार सिद्धार्थ बज्राचार्यलाई गणेशदेवी मानन्धर प्रतिभा सम्मान र नगद राशी प्रमुख अतिथि शिक्षाविद् हितकर बीर सिंह कंशाकारले प्रदान गर्नुभयो।

विजय मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथि प्रदेश सभासद शैलेन्द्र बज्राचार्य, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य शुभकामना मन्तव्य राख्नुभयो।

कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रञ्जित, सम्मानित गायक श्रेष्ठलगायतका व्यक्तिले साङ्गीतिक प्रस्तुति दिनुभयो।