• १२ साउन २०८१, शनिबार

प्रमुख हर्क साम्पाङले गर्नुभयो वडाध्यक्षहरूको माग सम्बोधन

blog

धरान, जेठ १ गते । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले वडाध्यक्षहरुले राखेको मागको सम्बोधन गर्नुभएको छ । २०७९ चैत्र १ गते प्रमुख साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले हस्ताक्षर गरी भौतिक निर्माणको प्रगति सहितको विवरण पठाउन वडाध्यक्षलाई पत्र पठाएपछि वडाध्यक्ष र नगर प्रमुख राई बिच विवाद भई कार्यपालिका बैठक रोकिएको थियो । 

अध्यक्षहरूले राखेको पाँच बुँदे मागको सम्बोधन गर्ने प्रतिविद्धतासँगै आइतबार १८ औँ कार्यपालिका बैठक बसेको छ । बैठकपछि सामूहिक तस्बिर खिचाउँदै प्रमुख साम्पाङले भन्नुभयो, धरानको विकासमा हामी सबै जनप्रतिनिधीहरुसँगसँगै छौँ ।  विवाद पछि ६१ दिनसम्म कार्यपालिका बैठक बस्न सकेको थिएन ।पछिल्लो समय जनश्रमदान र खानेपानीको व्यवस्थापनको मुद्दा उठाएर चर्चामा आउनुभएका प्रमुख साम्पाङ सबैको एक उदाहरणीय जनप्रतिनिधिको रूपमा चिनिनु भएको छ । 

कार्यपालिका बैठकमा ३० वटै वडाको उपस्थितिमा ५ वटा प्रस्तावहरू राखिएकोमा सबै पारित गरिएको छ । जसमा खानेपानी समस्यालाई मिलाएर लाने, बाटो, नाला बनाउने, नगर शिक्षा समितिमा सदस्य मनोनयन, खोलाको गिटी बालुवाहरू वडा र नगरमा प्रयोग गर्ने भएको छ । धरानका ९ वटा निजीविद्यालयहरुमा कक्षा थप गरी सञ्चालन गराउन अनुमति दिने विषयहरूमा बैठक सम्पन्न भएको हो । 

Author

निशा राई