• ७ वैशाख २०८१, शुक्रबार

विभागीय डर्वीमा एपीएफको बाजी

blog

आर्मीविरुद्ध गोल गरेपछि एपीएफका खेलाडी । तस्बिरहरु : केशव गुरुङ

काठमाडौं, वैशाख २७ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको विभागीय डर्वीमा एपीएफले बाजी मारेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा एपीएफले आर्मीलाई ३-० गोलले हरायो ।

एपीएफको सानदार जितमा अर्मान्ड विडोङ्ग, आभाष लामिछाने र नविन लामाले गोल गर्नुभयो । अर्मान्डले ४०औं मिनेटमा गोलको खाता खोल्नुभएको हो । त्यसपछि आभाषले ५५औं र नविनले ६१औं मिनेटमा गोल गर्दै एपीएफलाई सजिलै जिताउनुभयो ।

पहिलो लेगमा पनि एपीएफले आर्मीलाई हराएको थियो । जितसँगै छैटौं स्थानमा उक्लिएको एपीएफले १६ खेलबाट २२ अङ्क बनाएको छ । आर्मीको पनि समान खेलबाट २ अङ्क पुगेको छ । आर्मी तालिकाको सातौं स्थानमा छ । 

यसैगरी एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा भएको अर्को खेलमा चर्च ब्वाइजले युनाइटेडले साविक विजेता मच्छिन्द्र क्लबलाई २-१ गोलले स्तब्ध बनायो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्नुभयो । अर्को गोल आत्मघाती उपहार पाएको थियो ।

मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत गोल फर्काएपनि टोलीको हार टरेन । जितसँग चर्च ब्वाइज तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

चर्च ब्र्वाजले १६ खेलबाट ३० अङ्क बनाएको छ । पराजित मच्छिन्द्र २४ अङ्कसहित चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको जावलाखेलको २७ र तेस्रो स्थानमा रहेको थ्रीस्टार क्लबको २५ अङ्क छ ।