• १२ मंसिर २०८१, बुधबार

भृकुटी डोजो च्याम्पियन, आयुश र विना सर्वोत्कृष्ट

blog

पुरुषतर्फ सर्वोत्कृष्ट घोषित आयुश थापा । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख २३ गते । भृकुटी डोजोका आयुश थापा र अरनिको माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । 

काठमाडौंमा आयोजित दुई दिने प्रतियोगितामा पुरुषतर्फ ४० केजीमूनि तौलसमूहको फाइनलमा आयुशले बालवाटिका डोजोका सोहन तामाङलाई पराजित गर्नुभयो । सोही स्पर्धामा तोयोकान वादोरियोका निशान तामाङ र सरस्वती डोजोकी रोशन राईले कांस्य जित्नुभयो । 


महिलातर्फ विनाले २५ केजीमूनि तौलसमूहको फाइनलमा आफ्नै विद्यालयकी झरना घतानीलाई हराएर स्वर्ण जित्नुभयो । तोयोकान नेपाल वादोरियोकी अनिस्या केसी र भृकुटी डोजोकी प्रसन्ध्या कार्कीले कांस्य जित्नुभयो । प्रतियोगितामा भृकुटी डोजो टिम च्याम्पियनसमेत बनेको छ । उसले ७ स्वर्ण, २ रजत र ७ कांस्य जित्यो । 

च्याम्पियन मार्शल आर्टले ४ स्वर्ण, ३ रजत र १ कांस्यसहित दोस्रो हुँदा ३ स्वर्ण र २ कांस्य जितेको थैव डोजो तेस्रो भयो । काठमाडौको मनासलु वर्ल्ड स्कुलमा आयोजित प्रतियोगितामा ३० डोजो र केहि जिल्लासमेत गरी ३६५ खेलाडीको सहभागिता थियो । महिला र पुरुष दुवै विधामा ८ तौलसमूह, खुला र काता गरी १०/१० स्वर्णका लागि प्रतिस्पर्धा भएको हो । 

काठमाडौं महानगरपालिकाको प्रायोजनमा नेपाल गोजुरियो कराते संघको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ २५ केजीमूनि तौलसमूहमा भृकुटी डोजोका आयुश अधिकारी, ३० केजीमूनि तौलसमूहमा भृकुटीकै अरुश सिंखडा, ३५ केजीमूनि तौलसमूहमा थैवका आशिष तामाङ, ४० केजीमूनि तौलसमूहमा भृकुटीकै आयुश थापाले स्वर्ण जित्नुभयो । 

त्यस्तै ४५ केजीमूनि तौलसमूहमा च्याम्पियन मार्शल आर्टका दिवश ढकाल, ५० केजीमूनि तौलसमूहमा वालवालिका डोजोका बुद्ध मोक्तान, ५५ केजीमूनि तौलसमूहमा भृकुटी डोजोका निशान घले र ६० केजीमूनि तौलसमूहमा नेपाल हायासी हाका लिजन साउदले स्वर्ण पदक जित्नुभयो । 

पुरुषकै खुलातर्फ च्याम्पियन मार्शल आर्टका राजीव खड्काले आफ्नै डोजोका अनिल बरामलाई हराउँदै स्वर्ण जित्नुभयो । वालवालिका डोजोका अमिर श्रेष्ठ र सरस्वती दोजोका आशिष सेन्चुरीले कांस्य जित्नुभयो । 

कातातर्फ थैव डोजोका अन्जन एस्माली मगरले स्वर्ण, मनासलु वर्ल्ड स्कुलका राजन खत्रीले रजत तथा भृकुटी डोजोका वाङचुक शेर्पा र नेपाल हायासी हा का कृष्ण ऐडीले कांस्य जित्नुभयो । 

महिलातर्फ २५ केजीमूनि तौलसमूहमा अरनिकनो स्कुलकी विना तामाङ, ३० केजीमूनि तौलसमूहमा थैव डोजोकी जमुना घर्तीमगर, ३५ केजीमूनि तौलसमूहमा भृकुटी डोजोकी एलिशा गुरुङ, ४० केजीमूनि तौलसमूहमा वालवालिका डोजोकी सुनिता तामाङले स्वर्ण जित्न्ुभयो । 

४५ केजीमूनि तौलसमूहमा च्याम्पियन मार्शल आर्टकी काजल विष्ट, ५० केजीमूनि तौलसमूहमा सरस्वती डोजोकी शर्मिला वाइबा, ५५ केजीमूनि तौलसमूहमा च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ र ६० केजीमा भृकुटी डोजोकी सन्ध्या खनाल पहिलो हुनुभयो । 

खुलातर्फ वालवालिका डोजोकी आरती राई र कातातर्फ भृकुटी डोजोकी सुनिता तामाङले स्वर्ण जित्नुभयो । विजेतालाई काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल लगायतले पुरस्कार प्रदान गर्नुभयो ।