लोकेन्द्र जोशी
दार्चुला, वैशाख ९ गते । दार्चुलामा तुइनबाट खसेर एक जनाको मृत्यु भएको छ । व्याँस गाउपालिका –२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर आज मृत्यु भएको हो । घरबाट भारतीय बजार धारचुला समान किन्न जानेक्रममा तल्लो दुम्लीङस्थित महाकाली नदीमा तुइनबाट खसेर उहाँको मृत्यु भएको वडा अध्यक्ष धिरेनसिंह बुढाथोकीले जानकारी दिनुभयो ।
नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा बुढाथोकी मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । सरकारले तुइन विस्थापित गर्ने अभियान चलाए पनि गाउँ ठाउँमा झोलुङ्गे पुल बन्न नसक्दा सर्वसाधारणले ज्यान गुमाउनु परेको स्थानीयको गुनासो छ ।