• १ जेठ २०८१, मङ्गलबार

साउथह्याम्टनसँग बराबरीमा रोकियो आर्सनल

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै आर्सनल र साउथह्याम्टनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख ९ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल रेलिगेसनको दबाबमा रहेको साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा आर्सनलले साउथह्याम्टनसँग ३-३ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

हारको सङ्घारमा पुगेको आर्सनललाई अन्तिम समयमा मार्टिन ओडेगार्ड र बुकायो साकाले गोल गर्दै हारबाट जोगाउनु भएको थियो । साउथह्याम्टनका कार्लोस अल्कारेज, थियो वाल्कोट र डुज कालेटा कारले गोल गर्नुभयो । 

आर्सनलका गाब्रिएल मार्टिनेली, मार्टिन ओडेगार्ड र बुकायो साकाले बराबरी गाल फर्काउनुभयो । साउथह्याम्टनका कार्लोसले खेलको पहिलो मिनेटमै खाता खोल्नुभएको थियो । वाल्कोटले १४औँ र कालेटा कारले ६६औँ मिनेटमा गोल गर्नुभएको हो । 

आर्सनलका मार्टिनेलीले २०औँ मिनेटमा पहिलो गोल फर्काउनुभएको थियो । ८८औँ मिनेटमा कप्तान ओडेगार्ड र इन्जुरी समयमा साकाले गोल गर्दै आर्सनललाई हारबाट जोगाउनुभएको थियो ।

यस बराबरीले आर्सनलको उपाधि दौडमा केही धक्का लागेको छ । शीर्षस्थानमा यथावत् रहेको आर्सनलको ३२ खेलबाट ७५ अङ्क छ ।

दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ७० अङ्कसहित दोस्रो स्थानमा छ । आर्सनललाई रोकेको साउथह्याम्टन २४ अङ्कसहित तालिकाको अन्तिममा छ । एजेन्सी