काठमाडौं, वैशाख ३ गते। सरकाले बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने जानकारी दिएको हो।
मन्त्रालयले छदेखि ५९ महिना उमेरसम्मका बालाबालीकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने जनाएको छ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ।