धादिङ समाचारदाता
धादिङ, चैत २५ गते । गोरखापत्र संस्थानका धादिङ समाचारदाता डा.मुरारी अधिकारी सीताराम प्रसाद बर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा धादिङको २३ औँ साधारण सभाको अवसरमा नेपाल पत्रकार महासङ्घले पत्रकार अधिकारीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
१० हजार राशिको उक्त पुरस्कार बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेलले प्रदान गर्नुभएको हो । नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक अध्यक्ष स्वर्गीय सिताराम प्रसाद बर्माको नामबाट नीलकण्ठ नगरपालिका सहयोगमा नेपाल पत्रकार महासङ्घ धादिङ शाखा र नेपाल प्रेस युनियन धादिङ शाखाले संयुक्त रूपमा यस पुरस्कार स्थापना गरेको हो ।